कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स: गठबन्धन

पाेखरा | कात्तिक २७, २०७९

कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स: गठबन्धन

पोखरा: आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।


कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल , प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् ।


यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ ।


यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुको निर्माण गर्ने, प्राविधिक धार अध्यापन गराउने विद्यालयहरुलाई व्यवस्थित गर्ने समेत उम्मेदवारहरुले घोषणा गरेका छन् । 
 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्